Preamble ०
प्रस्तावना
– आधुनिक चिकित्सा प्रणाली अनुसार व्यवस्थित रुपमा रोगको उपचार गर्ने प्रयोजनको लागि मानव शरीरबाट अङ्ग झिक्ने तथा एक मानवको शरीरबाट अङ्ग झिकी अर्को मानवको शरीरमा प्रत्यारोपण गर्ने सम्बन्धी कृयाकलापलाई नियमित गर्ने तथा मानव शरीरको अङ्ग खरिद बिक्री तथा अन्य कार्यमा प्रयोग गर्ने सम्बन्धी कृयाकलापलाई निषेध गर्ने व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताइसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।