दफा १६
प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) विश्वविद्यालयमा अध्ययन, अनुसन्धान र प्रशिक्षण हुने विषयको पाठ्यक्रम निर्धारण तथा स्वीकृत गर्ने,
(ख) विश्वविद्यालयको प्राज्ञिक, अनुसन्धान तथा नवप्रवर्तन सम्बन्धी कार्यक्रमलाई स्वीकृति प्रदान गर्ने,
(ग) विद्यार्थी भर्नाको योग्यता तथा आधार, विधा परिवर्तन विधि, सिकाई मूल्याङ्कन विधि र परीक्षाको किसिम निर्धारण गर्ने,
(घ) विश्वविद्यालयको शैक्षिक गुणस्तर कायम राख आवश्यक कार्य गर्ने,
(ङ) विश्वविद्यालयद्वारा प्रदान गरिने विभिन्न उपाधिको लागि विश्वविधालय परिषद्मा सिफारिस गर्ने,
(च) प्राज्ञिक तथा अनुसन्धानका विषयमा कार्यकारी परिषद्लाई राय सल्लाह दिने, र (छ) विश्वविधालय परिषद्ले तोकिदिएका कार्यहरू गर्ने।