दफा ८
प्राज्ञिक परिषद्को गठन
(१) विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा प्रमुख निकायको रूपमा देहायका सदस्यहरू भएको एउटा प्राज्ञिक परिषद् हुनेछः–
(क) उप–कुलपति –अध्यक्ष
(ख) शिक्षाध्यक्ष –सदस्य सचिव
(ग) कुल–सचिव –सदस्य
(घ) कार्यकारी निर्देशक, अनुसन्धान केन्द्र –सदस्य
(घ१) परीक्षा नियन्त्रक –सदस्य
(घ२) अध्यक्ष, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ –सदस्य
(ङ) विषय समितिका अध्यक्षहरू पाँच जना –सदस्य
(च) विभागीय प्रमुखमध्येबाट पाँच जना –सदस्य
(छ) प्राचार्यहरूमध्येबाट दुई जना –सदस्य
(छ१) सम्बन्धनप्राप्त विद्यापीठका प्राचार्यहरूमध्येबाट एकजना –सदस्य
(ज) वरिष्ठ शिक्षकहरू मध्येबाट दुई जना –सदस्य
(२) पदेन सदस्यहरू वाहेक अन्य सदस्यहरूको मनोनयन उपकुलपतिको सिफारिसमा सभाबाट हुनेछ ।
(३) पदेन सदस्यहरू वाहेक अन्य सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।