दफा १५
प्राज्ञिक परिषद्‌
(१) विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक तथा अनुसन्धान कार्यलाई व्यवस्थित गर्ने निकायको रूपमा काम गर्न एक प्राज्ञिक परिषद्‌ रहनेछ।
(२) प्राज्ञिक परिषद्को गठन देहाय बमोजिम हुनेछः- (क) कुलपति - संयोजक
(ख) रजिष्ट्रार - सदस्य
(ग) निर्देशकहरू मध्येबाट एकजना - सदस्य
(घ) शिक्षकहरू मध्येबाट कम्तीमा एकजना महिला सहित दुईजना - सदस्य
(ङ) आयुर्वेद, योग, ध्यान तथा वैकल्पिक चिकित्सा क्षेत्रका फरक-फरक विधाको प्रतिनिधित्व हुने गरी विषय विज्ञहरू मध्येबाट कम्तीमा एकजना महिला सहित दुईजना - सदस्य
(च) निर्देशकहरू मध्येबाट कुलपतिले तोकेको एकजना - सदस्य
(छ) डीनहरू मध्येबाट कुलपतिले तोकेको एकजना - सदस्य-सचिव (३) उपदफा (२) को खण्ड (ग),
(घ) र (ङ) बमोजिमका सदस्यको मनोनयन कुलपतिले गर्नेछ र मनोनीत सदस्यहरूको पदावधि चार वर्षको हुनेछ।
(४) प्राज्ञिक परिषद्को बैठक सम्बन्धी कार्यविधि सो परिषद्‌ आफैंले निर्धारण गरे बमोजिम हुनेछ।