दफा
प्राधिकरण स्वशासित र सङ्गठित संस्था हुने
(१) प्राधिकरण अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित सङ्गठित संस्था हुनेछ र कानूनी व्यक्तित्व प्राप्त गर्नेछ।

(२) प्राधिकरणले कानूनी व्यक्तिको हैसियतले: प्रचलित कानून बमोजिम अधिकारको प्रयोग, कर्तव्यको पालना र दायित्व निर्वाह गर्नेछ।