दफा
प्राधिकरणको काम, कर्तव्य र अधिकार

(१) प्राधिकरणको काम, कर्तव्य र अधिकार देहाय बामोजिम हुनेछ ः–
(क) भूकम्पबाट भएको क्षतिको यकिन गर्ने,गराउने,
(ख) भूकम्पबाट प्रभावित क्षेत्र तोक्नको लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने,
(ग) पुनर्निर्माणको प्रथमिकता निर्धारण गर्ने,
(घ) पुनर्निर्माणको लागि आवश्यक नीति, योजना, बजेट तथा कार्यतालिका सहितको कार्यक्रम स्वीकृत गर्ने,
(ङ) पुनर्निर्माण सम्बन्धी आयोजना स्वीकृत गर्ने,
(च) पुनर्निर्माण सम्बन्धी काम गर्ने,गराउने,
(छ) पुनर्निर्माण, एकीकृत बस्ती तथा एकीकृत आवास सम्बन्धी विकास लगायतका योजना वा कार्यक्रम कार्यान्वयनको लागि जग्गा प्राप्ति गर्नु पर्ने भएमा यस ऐन बमोजिमको कार्यविधि अपनाई जग्गा प्राप्ति गर्ने वा त्यस्तो कामको लागि कुनैनिकाय वा पदाधिकारीलाई जिम्मेवारी दिने ,
(ज) एकीकृत बस्ती विकास, एकीकृत आवास विकास (हाउस पुलिङ), पुनस्र्थापना तथा स्थानान्तरणका लागि आवश्यक मापदण्ड बनाई उपयुक्त स्थानको पहिचानगर्ने र त्यसको योजना तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने,
(झ) पुनर्निर्माण वा एकीकृत बस्ती विकास सम्बन्धी आयोजना वा कार्यक्रम कार्यान्वयनका लागि कुनै व्यक्तिले गरेको वा गर्न लागेको कुनैकाम रोक्ने वा तोकिएको गुणस्तर, मापदण्ड वा विधिबाट मात्र त्यस्तो कामगर्न सम्बन्धित व्यक्तिलाई आदेश दिने,
(ञ) पुनर्निर्माणको लागि कुनै व्यक्तिको भौतिक संरचना हटाउन आवश्यक भएमा प्रचलित कानुन बमोजिम क्षतिपूर्ति दिई हटाई दिन सम्बन्धित निकायलाई आदेशदिने,
(ट) शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, रोजगारी तथा पुनर्निर्माण र पुनस्र्थापनाकोलागिआवश्यक पर्ने जनशक्ति विकास, पुनर्निर्माण र पुनस्र्थापनासँग सम्बन्धित कार्यक्रमतयार गरी लागु गर्ने,गराउने,
(ठ) पुनर्निर्माण गर्ने जिम्मेवारी पाएको निकायलाई आवश्यक पर्ने बजेट तथा अन्यस्रोत साधन उपलब्ध गराउने,
(ड) पुनर्निर्माणको लागि आवश्यकता अनुसार गैरसरकारी संस्था, निजी क्षेत्र वा समुदायलाई परिचालन गर्ने,
(ढ) आवश्यकता अनुसार सरकारी, निजी वा गैरसरकारी क्षेत्र, समुदाय वा नेपालस्थित विदेशी सघ, संस्थासँगको सहकार्यमा उपयुक्त विधि चयन गरी पुनर्निर्माणकोकार्य गर्ने, गराउने,
(ण) पुनर्निर्माण सम्बन्धी कार्यलाई प्रभावकारी बनाउन विभिन्न निकाय बीच समन्वयगर्ने,
(त) पुनर्निर्माणको काममा संलग्न निकायको क्षमता विकास गर्ने, गराउने,
(थ) पुनर्निर्माणको लागि आर्थिक स्रोत जुटाउने तथा त्यसको प्रभावकारी उपयोगको ब्यवस्था गर्ने गराउने,
(द) क्षतिग्रस्त वा जोखिमयुक्त भौतिक संरचनाको प्राविधिक जाँच गरी वा गराईत्यस्तो भौतिक संरचना हटाउन वा भत्काउन सम्बन्धित व्यक्तिलाई आदेश दिनेर त्यसरी संरचना नहटाए वा नभत्काएमा त्यस्तो संरचना आफैले हटाउने वा भत्काउने र त्यसरी हटाउँदा वा भत्काउँदा लागेको वास्तविक खर्च सम्बन्धित धनीबाटसरकारी बाँकी सरह असुल उपर गर्न तत्काल सम्बन्धित निकाय वा पदाधिकारीलाई आदेश दिने,
तर तोकिए बामोजिम आर्थिक रुपले विपन्नताको कारण त्यस्तो संरचना धनी आफैलेहटाउन वा भत्काउन नसक्ने भएमा प्राधिकरणले सरकारी खर्चमा सो संरचना हटाउनवा भत्काउन कुनै निकाय वा पदाधिकारीलाई निर्देशन दिन सक्नेछ ।
(ध) प्राधिकरणको निर्देशन बामोजिम भए गरेका काम, कारबाहीको आवश्यकता अनुसार निरीक्षण, जाँच तथा अनुगमन गर्ने, गराउने,
(न) भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण सम्बन्धी अन्य कार्य गर्ने, गराउने ।
(२) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले उपदफा (१) बमोजिम सम्पन्न गर्नु पर्ने पुनर्निर्माणको कार्य छिटो छरितो ढंगबाट सम्पन्न गर्न गराउन भूकम्पबाट प्रभावित क्षेत्रमा गरिने पुनर्निर्माणको लागि जग्गा प्राप्ति, जग्गा दर्ता, गुठी, सार्वजनिक खरिद, वन, प्राचिन स्मारक संरक्षण र वातावरणीय प्रभाव मूल्याङ्ककन सम्बन्धी व्यवस्था नेपाल सरकारबाट स्वीकृतकार्यविधि बामोजिम हुनेछ ।
(३) उपदफा (२) को प्रयोजनको लागि नेपाल सरकारले छुट्टाछुट्टै कार्यविधि बनाईलागू गर्नेछ ।
तर सार्वजनिक खरिद ऐनको मूलभूत सिद्धान्त बिपरीत हुनेगरी कार्यविधि बनाइनेछैन ।
(४) यस दफा बामोजिम कार्यविधि बनाउँदा वा कुनै काम गर्दा, गराउँदा पर्यावरणीय सन्तुलन,स्वस्थ प्रतिस्पर्धा, पारदर्शीता र जवाफदेहितामा प्रतिकूल असर नपर्नेगरी गर्नु पर्नेछ ।
(५) उपदफा (३) बामोजिमको कार्यविधि नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।