दफा २०
प्राधिकरणको कोष
(१) प्राधिकरणको एउटा छुट्टै कोष हुनेछ।

(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकम रहनेछन्‌:- (क) नेपाल सरकारबाट प्राप्त रकम,

(ख) बीमा कम्पनीको स्थापना, पूर्वस्वीकृति, इजाजतपत्र

प्रदान गरे बापत प्राप्त रकम,

(ग) बीमा मध्यस्थकर्ताको इजाजतपत्र प्रदान वा

इजाजतपत्र नवीकरण गरे बापत .प्रापत रकम,

(घ) बीमा व्यवसायको नियमन (शुल्क बापत प्राप्त

रकम,

(ङ) विदेशी सरकार, अन्तर्राष्ट्रिय सङ्घ, संस्थाबाट प्राप्त

रकम,

(च) अन्य स्रोतबाट प्रापत.रकम ।

(३) उपदफा (२) को खण्ड (ङ) बमोजिमको रकम प्राप्त गर्नु अघि मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।

(४) उपदफा (२) बमोजिम प्राप्त हुने सम्पूर्ण रकम प्रचलित कानून बमोजिम: इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा खाता खोलीजम्मा गरिनेछ ।

(५) प्राधिकरणको तर्फबाट गरिने सम्पूर्ण खर्चहरु उपदफा (१) बमोजिमको कोषमा जम्मा भएको रकमबाट व्यहोरिनेछ।

(६) यस दफा बमोजिमको कोषमा जम्मा भएको रकममध्ये प्राधिकरणको कार्य सञ्चालन, व्यवस्थापन तथा बीमा विकासका लागि वार्षिक रूपमा छुट्याएको रकमको अतिरिक्त पचास प्रतिशतले हुन आउने रकम बाहेक अन्य रकम वार्षिक रूपमा सङ्घीय सञ्चित कोषमा दाखिल गरिनेछ ।

(७) उपदफा (१) बमोजिमको कोष सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।