दफा ३
प्राधिकरणको स्थापनां
(१) भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरिएको छ ।
(२) प्राधिकरणको कार्य क्षेत्र नेपाल सरकारले नेपाल राजपत्रमा सुचना प्रकाशन गरि तोकिदिए बामोजिम हुने छ।
(३) प्राधिकरणको कार्यावधि पाँच वर्षको हुनेछ । कुनै कारणले सो अवधिमा पुनर्निर्माणको काम सम्पन्न नभएमा नेपाल सरकारले प्राधिकरणको कार्यावधि एक वर्षको लागि थप गर्न वा प्राधिकरणले गरी आएको यस ऐन बमोजिमकोकाम अन्य निकायले गर्ने गरी आवश्यक व्यवस्था गर्न सक्ने छ ।
(४) उपदफा (३) बामोजिम प्राधिकरणको कार्यावधि समाप्त भएपछि प्राधिकरणकोहक दायित्व र सम्पत्ति नेपाल सरकारमा सर्नेछ ।
(५) प्राधिकरणको सचिवालय काठमाण्डांै उपत्यकामा रहनेछ ।