नियम २३
प्रारम्भिक सुनुवाई सम्बन्धी व्यवस्था
(१) अभियोगपत्र दायर भई अभियुक्तको वयान भई सकेपछि सैनिक अदालतले मुद्दाको प्रारम्भिक सुनुवाई गर्नेछ र प्रारम्भिक सुनुवाईको सिलसिलामा सैनिक अदालतले कसूरको मात्रा र कसूर गर्दाको अवस्था समेत विचार गरी
अनुसूची–७ बमोजिमको ढाँचामा देहायकोमध्ये कुनै एक आदेश गर्न सक्नेछः–
(क) अभियुक्तलाई तारेखमा राखी पुर्पक्ष गर्ने,
(ख) अभियुक्तलाई आवश्यक परेका बखत झिकाउने वा खास समयमा हाजिर हुन आउने गरी तारेखमा नराखी पुर्पक्ष गर्ने,
(ग) अभियुक्तसँग धरौटी वा जमानत माग्ने,
(घ) अभियुक्त भागी जाने वा प्रमाण नष्ट गर्ने सम्भावना भएमा वा पटके कसूरदार भएमा थुनामा राखी पुर्पक्ष गर्ने ।
(२) सैनिक अदालतले उपनियम (१) बमोजिम गरेको आदेशको व्यहोरा अभियुक्तलाई पढी बाँची सुनाइ आदेश सुनी पाएको कागज गराइ राख्नु पर्नेछ ।