दफा २०
प्रेस प्रतिनिधि सम्बन्धी व्यवस्था
(१) कुनै नेपाली वा विदेशी पे्रस वा संचार सम्बन्धी संस्थाले
नेपाल ………. भित्र काम गर्ने आफ्ना प्रतिनिधिहरूको नाम, योग्यता र कार्यक्षेत्र समेत
उल्लेख गरी तोकिए बमोजिमको विवरण तोकिएको अधिकारी समक्ष पठाउनु पर्नेछ ।
तर विदेशी मित्रराष्ट्रका राष्ट्राध्यक्ष वा सरकार प्रमुख वा उच्च स्तरीय प्रतिनिधि मण्डल
नेपाल भ्रमणमा आउँदा साथमा आउने पत्रकारहरू वा नेपाल सरकारको निमन्त्रणामा नेपाल
भ्रमणमा आउने पत्रकारहरूको लागि उक्त भ्रमणको अवधि भरको लागि त्यस्तो विवरण दिन
आवश्यक नपर्ने गरी नेपाल सरकारले छुट दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको विवरण पठाउने पे्रस व संचार सम्बन्धी संस्थाका
प्रतिनिधिहरूलाई नेपाल सरकारले पे्रस प्रतिनिधि प्रमाणपत्र दिने व्यवस्था गर्न सक्नेछ ।
(३) नेपालको राष्ट्रिय चाड पर्व वा विशेष अवसरमा छोटो अवधिको लागि नेपाल भ्रमणमा
आउने पत्रकारहरूको लागि नेपाल सरकारले अस्थायी पे्रस प्रतिनिधि प्रमाणपत्र दिने व्यवस्था गर्न
सक्नेछ ।
(४) उपदफा (२) वा (३) बमोजिम पे्रस प्रतिनिधि प्रमाणपत्र लिन चाहने व्यक्तिले आपूm
काममा संलग्न रहेको संस्थाको सिफारिस साथ तोकिए बमोजिमको योग्यताको प्रमाणपत्रको
प्रतिलिपि संलग्न राखी तोकिएको अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ । पे्रस प्रतिनिधि प्रमाणपत्र
लिन चाहने स्वतन्त्र पत्रकारले पनि सोही बमोजिम दरखास्त दिन सक्नेछ ।
(५) उपदफा (४) बमोजिमको दरखास्त प्राप्त भएपछि तोकिएको अधिकारीले त्यस्तो
दरखास्त उपर आवश्यक जाँचबुझ गरी तोकिएको दस्तुर लिई तोकिएको ढाँचामा
दरखास्तवालालाई पे्रस प्रतिनिधि प्रमाणपत्र वा अस्थायी पे्रस प्रतिनिधि प्रमाणपत्र दिन सक्नेछ ।
(६) उपदफा (५) बमोजिम पे्रस प्रतिनिधि प्रमाणपत्र वा अस्थायी पे्रस प्रतिनिधि प्रमाणपत्र
पाएको व्यक्तिले यस ऐन र प्रचलित कानुनको अधिनमा रही आफ्नो कार्य क्षेत्रभित्र समाचार
संकलन गर्न सक्नेछ ।
(७) प्रेस प्रतिनिधि तथा स्वतन्त्र पत्रकार सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।