दफा ८८ठ
फरफारख सम्बन्धी अन्य व्यवस्था
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि फरफारखको प्रक्रियामा रहेको वाणिज्य बैंकवा वित्तीय संस्थासँग सम्बन्धमा यसै ऐन बमोजीम हुनेछ ।
(२) विशेष प्रशाषन समूहको पहँच र नियन्तरणको अधिकारमा कसैले बाधा अवरोध, दखल वा हस्तक्षप गर्नु गराउनु हुँदैन । कसैले त्यस्तो कार्य गरे गराएमा विशेष प्रशाषन समूहले सम्बन्धित प्रशाषन वा प्रहरीलाई आवश्यक सहयोगको लागी अनुरोध गर्न सक्नेछ । त्यसरी अनुरोध भई आएमा सम्बन्धित निकायले आवश्यक सुरक्षाको व्यवस्था गरी त्यस्तो वाणिज्य बैंकवा वित्तीय संस्थाको कार्यालय, सम्पत्ती, अभिलेख, बहिखाता र सूचना प्रविधि प्रणाली माथी विशेष प्रशाषन समूहको पहुँच र नियन्तरण कायम गर्न सहयोग गर्नु पर्नेछ ।
(३) यस परिच्छेद बमोजीम विशेष प्रशाषन समूह वा बैङ्कले गरेको काम कारबाहीमा मर्का पर्ने कुनै पक्षले क्षतिपूर्तिको लागी विशेष प्रशाषन समूहले बैङ्कमा प्रतिवेदन पेश गरेको वा कुनै कारणले विशेष प्रशाषन समूह विघटन भएकोमा विघटन भएको मितिले साठी दिनभित्र अदालत समक्ष निवेदन दिन सक्नेछ ।
(४) अदालतले देहायको अवस्थामा मर्का पर्ने पक्षलाई मनासिव माफिकको आर्थिक क्षतिपूर्ति भराई दिन सक्नेछ ः–
(क) फरफारखको क्रममा अधिकार क्षेत्र नाघी गरेको कुनै काम कारबाही भएकोमा,
(ख) यस ऐन बमोजीम फरफारखको प्रक्रिया पूरा नगरेकोमा,
(ग) फरफारखको कारबाही गर्दा पर्याप्त आधार र कारण विना गरेकोमा ।
(५) विशेष प्रशाषन समूहले यस ऐन यस ऐन बमोजीम आफूलाई प्राप्त अधिकारको प्रयोग गर्दा पारदर्शी एवं न्यायोचित तवरले सम्बन्धित निक्षेपकर्ता तथा अन्य दाबीकर्ताको हित हुने गरी गर्नु पर्नेछ ।
(६) फरफारखको प्रक्रियाको सिलसिलामा बैंकवा विशेष प्रशासन समूहको प्रतिनिधित्व गर्ने वा निजलाई सहयोग गर्ने व्यक्तिले प्राप्त गर्ने पारिश्रमिक तथा सुविधा बैङ्कले निर्धारण गरे बमोजीम हुनेछ ।
(७) फरफारखको प्रक्रियालाई सहयोग पुग्ने गरी बैंकवा विशेष प्रशाषन समूहको निर्णय कार्यान्वयन गर्ने सिलसिलामा सम्बन्धित वाणिज्य बैंकवा वित्तीय संस्थाका सञ्चालक तथा पदाधिकारीले गरेको कुनै कार्यका विरुद्दमा कुनै निक्षेपकर्ता, शेयरधनी वा साहुले कुनै किसिमको मुद्दा मामिला गर्न पाउने छैन ।
(८) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्कले कुनै वाणिज्य बैंकवा वित्तीय संस्थाको फरफारख प्रक्रियाको सम्बन्धमा सो संस्थासँग सम्बन्धित सूचना एवं विवरणहरु कुनै सरकारी वा निजी क्षेत्रको कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबात प्राप्त गर्न सक्नेछ । बैङ्कले आदेश दिएमा कुनै वाणिज्य बैंकवा वित्तीय संस्थाको मुख्य व्यवस्थापकीय सूचना, प्रविधि रहने स्थान तथा सो संस्थाले गर्ने संवेदनशील एवं मुख्य कार्य सहितको विवरण बैंकसमक्ष पेश गर्नु पर्नेछ । त्यसरी बैङ्कले मागेको कुनै पनि सूचना प्रदान गर्नु सम्बन्धित व्यक्ति, फर्म, कम्पनी वा संस्थाको कर्तव्य हुनेछ ।