दफा ८८क
फरफारखको कार्य गर्न सक्ने बैङ्कको अधिकार
(१) बैङ्कले देहायको कुनै अवस्थामा कुनै वाणिज्य बैंकवा वित्तीय संस्थालाई आफ्नो नियन्त्रणमा लिई फरफारखको कार्य अगाडी बढाउन सक्नेछः– (क) पूर्ण वा आंशिक रुपमा आफ्नो दायित्व भुक्तनी गर्न नसकेमा, (ख) सुपरिवेक्षकीय विश्लेषणका आधारमा सो विश्लेषण सम्बन्धि कार्य समाप्त भएको मितिले नब्बे दिनभित्र भुक्तनी गर्नु पर्ने दायित्वहरु पुरा गर्न नसक्ने अवस्था भएमा, (ग) खुद सम्पत्ति भन्दा दायित्व बढी भएमा, (घ) बैङ्कले तोकेका सवै प्रकारका पूँजी तथा कोषहरुले समेत खाम्न नसक्ने गरी घाटामा गएमा, (ङ) बैङ्कले दफा ८६छ. बमोजिम फरफारखको प्रक्रियामा लैजाने निर्णय गरेमा । (२) कुनै वाणिज्य बैंकवा वित्तिय संस्था उपर रहेको निक्षेपकर्ता तथा सुरक्षित साहुको दाबीलाई फरफारख गर्ने गराउने अधिकार बैङ्कलाई मात्र हुनेछ । (३) वाणिज्य बैंक वा वित्तीय संस्थाको फरफारख सम्बन्धि कार्य गर्दा लागेको सम्पूर्ण खर्च सम्बन्धित बैंकवा  वित्तिय संस्थाको सम्पती बिक्री गरी पा्रप्त रकमबाट व्यहोरिने छ ।