दफा ९०
फिरादपत्र हदम्यादभित्र दायर गर्नु पर्ने

(१) फिरादपत्र दिँदा आफ्नो दाबी सहित कानून बमोजिम तोकिएको हदम्यादभित्र अदालतमा फिरादपत्र दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम फिरादपत्र दिँदा कुन कानून बमोजिमको हदम्यादभित्र फिराद गरेको हो सो कुरा फिरादपत्रमाखुलाउनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) को प्रतिकूल हुने गरी दर्ता गर्न ल्याएको फिरादपत्र दरपीठ गरी फिर्ता दिनु पर्नेछ ।