दफा ९८
फिरादपत्रको दर्ता

(१) कसैले फिरादपत्र दर्ता गर्न ल्याएमा सम्बन्धित कर्मचारीले त्यस्तो फिरादपत्र यस परिच्छेद बमोजिम रीत पुगे वानपुगेको तथा फिरादमा उल्लेख गरिएको सबुत प्रमाण संलग्न भए वा नभएको जाँची रीत पुगेको देखिएमाअनुसूची–२ बमोजिमको दायरी किताबमा फिरादपत्र दर्ता गरी सम्बन्धित पक्षलाई अनुसूची–३ बमोजिमकोढाँचामा फिरादपत्र दर्ता भएको भरपाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम फिरादपत्र दर्ता गर्न ल्याउँदा फिरादपत्र र प्रमाणको प्रतिलिपि एक जनासम्म प्रतिबादी भएदुई प्रति र त्यसपछिका प्रत्येक प्रतिबादीका लागि एक प्रतिका दरले फिरादपत्र तथा प्रमाणको प्रतिलिपि दाखिलागर्नु पर्नेछ ।तर एकाघरका प्रतिबादी जतिसुकै सङ्ख्यामा रहेको भएपनि त्यस्ता प्रतिबादीको लागि एक प्रति मात्र दाखिलागर्न सकिनेछ ।
(३) फिरादवालाले एक प्रतिभन्दा बढी प्रति फिरादपत्र वा प्रमाणको प्रतिलिपि दाखिला गर्दा सक्कल बमोजिम नक्कलदुरुस्त छ भनी लेखी सहीछाप समेत गरी अदालतले सो नक्कललाई सक्कलसँग रुजु गर्नु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम जाँच गर्दा फिरादपत्र रीत नपुगेको भएमा रीत नपुगेको कारण फिरादपत्रमा जनाई दरपीठ गर्नुपर्नेछ ।