दफा ११२
फेला परेको मालसामान बुझाउनु पर्ने
सार्वजनिक सवारीमा फेला परेको कुनै पनि मालसामान सो फेला परेको चौवीस घण्टाभित्र तत्काल कार्यरत सो सवारीको कर्मचारीले सवारी धनी वा व्यवस्थापकलाई बुझाउनु पर्छ । त्यसरी फेला परेको मालसामान सवारी धनी वा व्यवस्थापकले आफूलाई प्राप्त हुन आएको चौबीस घण्टाभित्र अधिकार प्राप्त अधिकारी वा नजिकको यातायात व्यवसायी संघको कार्यालयमा बुझाउनु पर्छ ।