दफा २४९
फैसला कार्यान्वयन गराई दिए बापत लाग्ने दस्तुर

(१) यस परिच्छेदमा अन्यथा उल्लेख भएकोमा बाहेक फैसला बमोजिम अदालतले कुनै रकम दिलाई दिए बापत सो रकम पाउनेव्यक्तिबाट सयकडा पाँचका दरले दस्तुर लिनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतबाट भाखा गराई दिएको, कागजपत्र दिलाई दिएको वा असामी बण्डागरिदिएकोमा कुनै दस्तुर लाग्ने छैन ।