दफा १३
फैसला कार्यान्वयन गरी दिन अनुरोध गर्न सक्ने
(१) नेपालको अदालतबाट भएको कुनै फैसलाको कार्यान्वयन विदेशी अदालतमा गर्नु पर्ने देखिएमा अदालतले सो प्रयोजनको लागि आदेश गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आदेश भएमा अदालतले केन्द्रीय अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ ।