नियम १३४
फैसला कार्यान्वयन गर्ने समयावधि बढाउन निवेदन दिन सक्ने
(१) कानून निर्माण गर्न पूरा गर्नु पर्ने लामो प्रक्रिया वा अन्य काबु बाहिरको परिस्थितिले गर्दा कुनै निर्देशनात्मक आदेश निर्धारित समयावधिभित्र कार्यान्वयन गर्न नसकेमा वा नसक्ने भएमा सोको आधार र कारण खोली सम्बन्धित निकाय वा अधिकारीले महान्यायाधिवक्ता मार्फत मुख्य रजिस्ट्रार समक्ष आदेश कार्यान्वयन गर्ने मनासिब समयावधि थप गर्न निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन मुख्य रजिस्ट्रारले इजलास समक्ष पेस गरी इजलासबाट भएको आदेश अनुसार गर्नु पर्नेछ ।