नियम १३३
फैसला कार्यान्वयन शाखाका निर्देशकको काम, कर्तव्य अधिकार
निर्देशनालय अन्तर्गत रहने फैसला कार्यान्वयन शाखाका निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) केन्द्रीय लगत अभिलेख शाखाबाट प्राप्त भएको दण्ड, जरिबाना, सरकारी बिगो र कैदको लगत विवरण अनुसारका व्यक्तिहरू पक्राउ गरी असुल तहसील गर्ने, गराउने,
(ख) फैसला कार्यान्वयनको सिलसिलामा आवश्यकता अनुसार प्रहरी जनशक्ति समेत समुचित परिचालन र व्यवस्थापन गर्ने गराउने,
(ग) कैद, दण्ड जरिबाना असुल तहसीललार्ई प्रभावकारी बनाउन आवश्यक कार्य गर्ने,
(घ) महानिर्देशकले तोके बमोजिमका कार्य गर्ने ।