दफा १९९
फैसला संशोधन गर्न नहुने

दफा १९८ बमोजिम न्यायाधीशले फैसला प्रमाणीकरण गरेपछि इन्साफमा फरक नपर्ने गरी सामान्य त्रुटि सच्याउने बाहेक कुनैसंशोधन गर्न पाइने छैन ।

स्पष्टीकरणः: यस दफाको प्रयोजनको लागि “सामान्य त्रुटि” भन्नाले ठहर गरिएको विषय र इन्साफमा फरक नपर्ने गरी फैसलामा भएका अङ्क र अक्षरमा भएको फरक, बादी, प्रतिबादी वा साक्षीको नाम, थर, ठेगानामध्ये कुनै एकको उल्लेखनको त्रुटि, छपाई वा प्रिन्टिङ्गमा भएका साना तिना त्रुटि सम्झनु पर्छ ।