नियम १३
फौजदारी मुद्दाको दायरी

(१) अदालतमा फौजदारी मुद्दा दायर गर्दा सरकारी वकीलले ऐन र प्रचलित कानूनको म्यादभित्र अनुसूची–१३ बमोजिमको ढाँचामा ऐनको दफा १८ को उपदफा (१) बमोजिमका कुराहरू समेत उल्लेख गरी अभियोगपत्र तयार गरी सक्कल मिसिल र अभियुक्त भए निजलाई समेत प्रहरी कर्मचारीका साथ अदालतमा दाखिल गरी अभियोगपत्र दायर गर्नु पर्नेछ । यसरी दायर गरिएको अभियोगपत्रको एक प्रति नक्कल
तहकिकात गर्ने प्रहरी कर्मचारीलाई उपलब्ध गराउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम अदालतमा दायर भएको मुद्दामा प्रहरी कर्मचारी वा सरकारी वकीललाई तारेखमा राखिने छैन ।

तर अदालतमा त्यस्ता मुद्दाको सुनुवाइ हुने दिनको पूर्व सूचना र सुनुवाइका दिन भएको आदेश वा फैसलाको नक्कल सम्बन्धित सरकारी वकील कार्यालयलाई अदालतले उपलब्ध गराउनु पर्नेछ ।