नियम ८९
बचाउ

(१) गैर सैनिक हवाई उडान नियमावली, २०५२ बमोजिम प्रदान गरिएका सबै प्रकारका ईजाजतपत्र, रेटिंग तथा अन्य प्रमाणपत्रहरु यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक यसै नियमावली बमोजिम प्रदान गरिएको मानिनेछ । यस नियमावलीमा लेखिएको कुरा यसै नियमावली बमोजिम र नलेखिएको कुराको हकमा एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।
(२) यी नियमावली प्रारम्भ हुनु पूर्व स्वीकृत भई लागू भएको एनेक्स तथा म्यानुअल यसै नियमावलीको अंश मानिनेछ ।