नियम ३३
बढुवा नामावलीको प्रकाशन
आयोगले बढुवाका लागि सिफारिस भएका शिक्षकहरूको नामावली सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ । सो नामावलीमा सबैभन्दा न्यूनतम अङ्क प्राप्त गर्ने शिक्षकले प्राप्त गरेको अङ्क समेत उल्लेख गर्नु पर्नेछ । त्यसरी बढुवा सिफारिसको नामावली प्रकाशन भएपछि सम्बन्धित कुनै उम्मेदवारले आफूले प्राप्त गरेको अङ्क हेर्ने इच्छा गरेमा कार्य सम्पादन मूल्याङ्कन वाहेक अन्य आधारहरू वापत निजले प्राप्त गरेको अङ्क निजलाई हेर्न दिनु पर्नेछ ।