नियम १७
बढुवा समिति
:(१) सैनिक हवाई सेवाको पदमा गरिने बढुवाको लागि सिफारिस गर्न देहाय बमोजिमको बढुवा समिति रहनेछ ः-
(क) उपरथी पदका लागि,–
(१) प्रधान सेनापतिले तोकेको रथी – अध्यक्ष
(२) प्रधान सेनापतिले तोकेको विभागीय प्रमुख, उपरथी – सदस्य
(३) प्रधान सेनापतिले तोकेको उपरथी – सदस्य
(४) प्रधान सेनापतिले तोकेको कमाण्डमा रहेको उपरथी – सदस्य
(५) कार्यरथी –सदस्य–सचिव
(ख) महासेनानी र सहायक रथी पदका लागि,–

(२) कार्यरथी – सदस्य
(३) प्रधान सेनापतिले तोकेको कमाण्डमा रहेको उपरथी – सदस्य
(४) महानिर्देशक, सैनिक हवाई महानिर्देशनालय – सदस्य
(५) सैनिक सचिव – सदस्य–सचिव
(ग) उपसेनानी देखि प्रमुख सेनानीसम्मको पदका लागि,–

(३) प्रधानसेनापतिले तोकेको कमाण्डमा रहेको सहायक रथी –सदस्य
(४) प्रधान सेनापतिले तोकेको स्टाफमा रहेको सहायक रथी –सदस्य
(५) प्रधान सेनापतिले तोकेको सम्बन्धित सेवा समूह वा उपसमूहको सहायक रथी –सदस्य
(६) सैनिक सचिव – सदस्य–सचिव
(घ) सुवेदार पदका लागि,–
(१) सम्बन्धित कर्मचारी कार्यरत निकायको महानिर्देशक वा प्रमुखले तोकेको वरिष्ठ अधिकृत –अध्यक्ष
(२) महानिर्देशनालय, एयर वेश, तालिम केन्द्र,भि.भि.आइ.पि. उडान सेवा वा मर्मत तथा सम्भार सेवाको महानिर्देशक
वा प्रमुखले तोकेको अधिकृत वा पदिक दुई जना –सदस्य
(३) बढुवा हुने पदभन्दा एक तह माथिल्लो पदको एक जना–सदस्य
(४) कार्य अधिकृत –सदस्य–सचिव
(ङ) हुद्दा पदका लागि,–
(१) महानिर्देशनालय वा एयर वेश वा तालिम केन्द्र वा भि.भि.आइ.पि. उडान सेवा वा मर्मत तथा सम्भार सेवाको महानिर्देशक वा प्रमुखले तोकेको वरिष्ठ अधिकृत –अध्यक्ष
(२) महानिर्देशनालय वा एयर वेश वा तालिम केन्द्र वा भि.भि.आइ.पि. उडान सेवा वा मर्मत तथा सम्भार सेवाको महानिर्देशक वा प्रमुखले तोकेको अधिकृत वा पदिक दुई जना –सदस्य
(३) बढुवा हुने पदभन्दा एक तह माथिल्लो पदको एक जना –सदस्य
(४) कार्य पदिक –सदस्य–सचिव
(२) अधिकृतको हकमा सैनिक सचिव विभाग र पदिकको हकमा सम्बन्धित कार्यालयबाट बढुवा हुन नियम १३ बमोजिमको योग्यता पूरा गरेको व्यहोरा लेखी आएपछि बढुवा समितिले यस नियमावलीको अधीनमा रही बढुवा सम्बन्धी कारबाही गर्नेछ ।
(३) बढुवा समितिका अध्यक्ष, सदस्य तथा सदस्य–सचिवले बढुवा समितिको सदस्यको रुपमा काम गर्नुअघि अनुसूची–३ बमोजिमको कबुलियतनामा गर्नु पर्नेछ ।