नियम १५
बढुवाको लागि उम्मेदवार हुन चाहिने न्यूनतम सेवा अवधि
: (१) सैनिक हवाई सेवाका देहायका पदमा बढुवा हुनको लागि देहाय बमोजिमको सेवा अवधि पुगेको र एकतह मुनिको पदमा कार्यरत रहेको हुनु पर्नेछ ः-
बढुवा हुने पद अधिकृत सेवा अवधि
(क) उपरथी एक्काइस वर्ष
(ख) सहायक रथी बीस वर्ष
(ग) महासेनानी सत्र वर्ष
(घ) प्रमुख सेनानी तेह्र वर्ष
(ङ) सेनानी सात वर्ष
(च) सहसेनानी दुई वर्ष
(२) सैनिक हवाई सेवाका देहायका पदमा बढुवाको लागि देहाय बमोजिमको सेवा अवधि पुगेको हुनु पर्नेछ ः–
बढुवा हुने पद सेवा अवधि
(क) सुबेदार नौ वर्ष
(ख) हुद्दा दुई वर्ष
(३) उपनियम (२) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि खुल्ला प्रतियोगिताद्वारा जमदार पदमा नियुक्ति भई पाँच वर्ष सेवा अवधि पुगेको व्यक्ति सुबेदार पदमा बढुवाको लागि उम्मेदवार हुन सक्नेछ ।