दफा ३०
बढुवाको शर्तमा परिवर्तन
दफा २६, २६क, २७, २८ र २९ वा सो अन्तर्गत बनेका नियमहरूमा कुनै संशोधन गर्दा त्यस्तो संशोधन भएको एक वर्ष पछिको मितिदेखि मात्र लागू हुने गरी व्यवस्था गरिनेछ ।
तर दफा २६ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश खण्ड (२) र उपदफा (२) को व्यवस्था सम्बत् २०६९ साल चैत्र २९ देखि लागू भएको मानिनेछ ।