१२क.१ यस ऐन बमोजिम नजरबन्दमा राखिएको व्यक्तिले आफूलाई यस ऐनको विपरीत वा बदनियतपूर्वक नजरबन्दमा राखेको लागेमा दफा ११ मा जुनसुकै कुरा लेखिएको भएतापनि नजरबन्दमा छँदै वा नजरबन्दबाट मुक्त भएको पैंतीस दिन भित्र त्यस्तो नजरबन्दको आदेश जारी गर्ने स्थानीय अधिकारीबाट क्षतिपूर्ति भराई दिनको लागि जिल्ला अदालतमा उजुरी दिन सक्नेछ ।
१२क.२ उपदफा १२क. १ बमोजिम गरेको उजूरीको व्यहोरा प्रमाणित भएमा जिल्ला अदालतले नजरबन्द राखिएको अवधि, नजरबन्दमा राखिएको व्यक्तिको उमेर, निजको सामाजिक प्रतिष्ठा, नजरबन्द रहेबाट निजलाई परेको आर्थिक हानी इत्यादि कुराहरुको विचार गरी नेपाल सरकारबाट उजूरवालालाई मनासिव क्षतिपूर्ति भराई दिने निर्णय गर्नेछ ।
१२क.३ उपदफा १२क. १ बमोजिम परेको उजुरीको सम्बन्धमा प्रतिरक्षा गर्न स्थानीय अधिकारीले सरकारी वकिलको कार्यालयलाई अनुरोध गर्न सक्नेछ र त्यसरी अनुरोध गरेमा अदालतमा सरकारी वकिलले निजको प्रतिरक्षा गरी दिनु पर्नेछ ।