दफा ६०
बन पैदावार र तत्सम्बन्धी मालवस्तु कब्जामा लिन सक्ने
(१) कुनै वन पैदावार भण्डारण वा ओसार पसारका क्रममा यो ऐन उल्लङ्घन भएको छ भन्ने भरपर्दा कारण देखिएमा त्यस्ता वन पैदावार र कसुरसँग सम्बन्धित हतियार डुङ्गा सवारी साधन तथा चौपायालाई वन सम्बन्धी कार्य गर्ने कुनै कर्मचारी वा सुरक्षाकर्मीले कब्जामा लिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम कुनै वन पैदावार वा वस्तु कब्जा गरिएमा त्यसरी कब्जा गर्ने कर्मचारी वा सुरक्षाकर्मीले कब्जामा लिएको वन पैदावार वा वस्तुको विवरण खोली सम्बन्धित व्यक्तिलाई सोको भरपाई दिनु पर्नेछ र त्यस्तो वन पैदावार वा वस्तुमा खास चिह्वक लगाई नाप जाँच गरी यथाशक्य चाँडो डिभिजन वन कार्यालय वा सब डिभिजन वन कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिम कब्जामा लिएका वन पैदावार बाहेकका कसुरसँग सम्बन्धित हतियार डुङ्गा सवारी साधन वा चौपायालाई कम्तीमा राजपत्र अनङ्कित द्वितीय श्रेणीका कर्मचारी वा सो सरहका सुरक्षाकर्मीले तोकेको दिन र स्थानमा दाखिला गर्ने शर्तमा सम्बन्धित स्थानीय तहको कम्तीमा एकजना पदाधिकारी वा सदस्य तथा कम्तीमा दुईजना स्थानीय व्यक्तिको उपस्थितिमा मालधनीलाई कागज गराई छाडिदिन सक्नेछ।