दफा ४२
बन्द इजलासमा कारबाही तथा सुनुवाई गर्न सक्ने
(१) कुनै खास किसिमको स·ठित अपराध सम्बन्धी मुद्दाको कारबाही तथा सुनुवाई बन्द इजलासबाट हुन निवेदन परी वा अदालत आफैंले उपयुक्त ठानी आदेश दिएमा त्यस्तो मुद्दाको कारबाही तथा सुनुवाई बन्द इजलासमा हुनेछ ।
(२) उपदफा (१) बमोजिम बन्द इजलासमा मुद्दाको कारबाही तथा सुनुवाई हु“दा मुद्दाका पक्ष, विपक्ष, निजहरुका कानून व्यवसायी र अदालतले अनुमति दिएका व्यक्ति मात्र त्यस्तो इजलासमा प्रवेश गर्न सक्नेछन्।