नियम
बयान गराउने
(१) अभियोगपत्र दर्ता भएपछि अभियोगपत्र साथ प्रतिवादी उपस्थित
भएको अवस्थामा तुरुन्त निजको बयान लिई कारबाही गर्नुपर्नेछ ।
तर प्रतिवादीले तुरुन्त बयान गर्न इन्कार गरी लिखित प्रतिउत्तर पेश गर्न समय
मागेमा निजलाई सोको लागि सात दिनको म्याद दिन सकिने छ ।
(२) प्रतिवादी अदालतमा उपस्थित नभएमा निजको नाममा तीन दिनभित्र म्याद
जारी गर्नुपर्नेछ ।