नियम ५६
बरबुझारथको प्रमाण पत्र
(१) नियम ५५ बमोजिम बरबुझारथ गर्ने कर्तव्य भएको कर्मचारीलाई सो बमोजिम बरबुझारथ गरी सकेपछि साबिक कार्यालयबाट अनुसूची–९ बमोजिमको ढाचामा बरबुझारथको प्रमाणपत्र दिनु पर्नेछ ।
(२) बरबुझारथ गर्ने कर्मचारीले उपनियम (१) बमोजिम प्रमाणपत्र पेश नगरी निजलाई हालको कार्यालयमा हाजिर हुन दिइने छैन ।
(३) बरबुझारथ गर्ने व्यक्ति अवकाश प्राप्त कर्मचारी भए उपनियम (१) बमोजिमको प्रमाणपत्र पेश नगरी निजलाई निवृत्तभरण वा उपदान दिइने छैन ।