नियम ५५
बरबुझारथ
(१) नगद, जिन्सी मालसामान, विनियोजित रकम, राजश्व, धरौटी, बेरुजु, अन्य रकमको लगत से्रस्ता तथा सरकारी कागजात र आफ्नो जिम्मामा भएको वा रहेको काम आदिको जिम्मा लिने कर्मचारी साधारणतया सरुवा, बढुवा, अवकाश प्राप्त गरी वा अन्य कुनै कारणले आफू कार्यरत कार्यालय छोडी जादा वा सो कामबाट अलग हुदा निजको बरबुझारथ गर्ने कर्तव्य हुनेछ । बुझी लिने कर्मचारीले पनि तुरुन्त बुझी लिनु पर्नेछ । आलटाल गरी बुझी नलिएमा त्यस्ता कर्मचारीलाई विभागीय कारबाही हुनेछ ।
(२) उपनियम (१) बमोजिम बरबुझारथ गर्ने कर्तव्य भएका कर्मचारीले ऐनको दफा २५ मा उल्लेख भए बमोजिमको म्याद भित्र बरबुझारथ गरी सक्नु पर्नेछ । सो म्याद भित्र पनि बरबुझारथ नगरेमा नजिक कार्यालयको प्रतिनिधिको रोहबरमा निजको जिम्मामा रहेको नगदी जिन्सीको लगत तयार गरी कार्यालय प्रमुखले बरबुझारथ गराउनु पर्नेछ । यसरी बरबुझारथ गरेको जनाउ तालुक कार्यालयमा पनि दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम लगत तयार गरी बरबुझारथ गराएकोमा स्रेस्ता अनुसार नपुग भएको नगदी जिन्सीको सम्बन्धमा बरबुझारथ गर्ने कर्तव्य भएको कर्मचारीको जिम्मेवारी रहीरहनेछ ।
(४) उपनियम (१) वा (२) बमोजिम बरबुझारथ हुदा नगद वा जिन्सी मालसामान, राजश्व, धरौटी र अन्य रकमको लगत स्रेस्ता आदि हानी नोक्सानी वा हिनामिना भएको देखिएमा त्यस्तो हानी नोक्सानी वा हिनामिना रकम ऐन बमोजिम असूलउपर गरिनेछ ।
(५) उपनियम (३) बमोजिम मूल्य असूल उपर गर्नु पर्दा सो मालसामानको अवस्था तथा वर्तमान बजार मूल्यलाई समेत विचार गरी मूल्य कायम गरिनेछ । यसरी मूल्य कायम गर्ने काम मन्त्रालय र विभागको हकमा सम्बन्धित कार्यालयको प्रमुखले तोकेको अधिकृत र एकजना प्राविधिक अधिकृत, गृह मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको अधिकृत प्रतिनिधि रहेको समितिले र सो बाहेक अन्य कार्यालयको हकमा सम्बन्धित कार्यालयका प्रमुख, सम्बन्धित जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि समेत रहेको समितिले गर्नेछ ।
(६) उपनियम (१) बमोजिम बरबुझारथ गर्ने कर्तव्य भएका कर्मचारी नोकरीबाट अवकाश लिइसकेको र पत्ता नलागेको वा मरेको वा स्वास्थ्यका कारणबाट होस् ठेगान नभएको वा बहुलाएको रहेछ र त्यस्तो कर्मचारीले गर्नु पर्ने बरबुझारथ निजको परिवारका सदस्यले गर्न चाहेमा निज वा निजले मन्जुर गरी पठाएको व्यक्तिबाट वा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले खटाएको व्यक्तिको रोहबरमा जसले बुझि लिनु पर्ने हो सो व्यक्तिले बुझि लिनु पर्नेछ ।