दफा ६८
बरामद भएका मालवस्तु जफत हुने
(१) कसैले यो ऐन बमोजिम सजाय हुने कसुर गरेको ठहरेमा त्यस्तो कसुरसँग सम्बन्धित बरामद भएका बोझबाहक औजार हतियार चौपाया र अन्य साधनहरु जफत हुनेछन्‌।

(२) यस ऐन बमोजिम सजाय हुने कसुरको अनुसन्धानको सिलसिलामा बरामद भएका बोझबाहक औजार हतियार चौपाया र अन्य साधनहरु मुद्दा हेर्ने अधिकारीको अनुमतिमा लिलाम बिक्री गरी प्राप्त रकम मुद्दा किनारा नलागुञ्जेलसम्म धरौटी खातामा राख्न सकिनेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसुरदार बाहेक अन्य व्यक्तिले जानी-जानी कसुरदारलाई सघाउ पुच्याउन त्यस्तो सवारी साधन प्रयोग गरेको वा प्रयोग गर्न दिएको अवस्था अनुसन्धानबाट नदेखिएमा वा पचास हजार रूपैयाँभन्दा कम मोल पर्ने बोझबाहक जफत गरिने छैन र त्यस्तो कार्य गर्नेलाई यस ऐन बमोजिम हुने सजायमा पचास हजार रूपैयाँसम्म थप सजाय हुनेछ।