नियम ८
बर्ड फ्लू प्रभावित क्षेत्रको घोषणा
(१) नियम ७ को उपनियम (५) बमोजिमको प्रयोगशालाको प्रतिवेदनबाट कुनै स्थानमा बर्ड फ्लू लागेको पुष्टि भएमा र बर्ड फ्लू थप फैलन सक्ने सम्भावना भएमा विभागले त्यस्तो नमूना लिइएको स्थानलाई केन्द्रविन्दु मानी त्यसको वरिपरिको तीन किलोमिटरसम्मको क्षेत्रलाई बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गर्नको लागि मन्त्रालयमा सिफारिस गर्न सक्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विभागले जोखिम विश्लेषण गर्दा बर्ड फ्लू महामारीको रूपमा फैलिसकेको वा फैलन सक्ने अवस्था विद्यमान भएको कारण बर्ड फ्लू नियन्त्रणको लागि नमूना लिइएको स्थानबाट तीन किलोमिटरभन्दा बढीको क्षेत्रलाई समेत बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा विभागले गरेको जोखिम विश्लेषण प्रतिवेदन सहित बर्ड फ्लू देखिएको स्थान वा क्षेत्रको तीन किलोमिटरभन्दा: बढीको क्षेत्रलाई समेत बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गर्नका लागि मन्त्रालयमा सिफारिस गर्न सक्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिम प्राप्त सिफारिस बमोजिम बर्डफ्लू लागेको नेपालको कुनै स्थान वा क्षेत्रलाई बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले त्यस्तो स्थान वा क्षेत्रलाई अवधि तोकी बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गर्न सक्नेछ ।
(४) बर्ड फ्लू प्रभावित क्षेत्रमा बर्ड फ्लूको नियन्त्रण भइसकेपछि सोही जिल्ला वा प्रदेश र सम्बन्धित जिल्ला वा प्रदेशसँग सीमाना जोडिएका अन्य जिल्लाहरूमा बर्ड फ्लू देखा परेमा त्यसरी बर्ड फ्लू देखा परेको क्षेत्रलाई आधार मानी उपनियम (३) बमोजिम बर्ड फ्लू प्रभावित क्षेत्रको परिधि विस्तार गर्न सकिनेछ।