नियम ६ख
बहालवाला शिक्षकलाई दिइने अध्यापन अनुमति पत्र सम्बन्धी व्यवस्था
(१) नियम ६क. मा जुनसुकै कुरा लेखिएको भएता पनि आयोगले देहायका शिक्षक मध्ये माध्यमिक विद्यालय तथा निम्न माध्यमिक विद्यालयको प्रधानाध्यापकका लागि जिल्ला शिक्षा अधिकारी र प्राथमिक विद्यालयको प्रधानाध्यापक तथा अन्य सबै किसिमका शिक्षकका लागि जिल्ला शिक्षा अधिकारी वा निजले तोकेको अधिकृतबाट कक्षा अवलोकन वा यस्तै अन्य प्रयोगात्मक परीक्षा लिन लगाई त्यस्तो शिक्षकलाई अनुसूची–२ बमोजिमको ढाँचामा स्थायी अध्यापन अनुमति पत्र दिनेछः
(क) यो खण्ड प्रारम्भ हुँदाका बखत बहाल रहेका स्थायी शिक्षकमध्ये कुनै कारणले स्थायी अध्यापन अनुमतिपत्र लिन नसकेका शिक्षक,
(ख) यो नियम प्रारम्भ हुनु अघि स्थायी शिक्षक पदको लागि भएको परीक्षामा सफल भई यो नियम प्रारम्भ भएपछि नियुक्त हुने शिक्षक ।
(ग) पुन बहाली भएको स्थायी शिक्षक,
(घ) खण्ड (क) प्रारम्भ हुँदाका बखत स्थायी शिक्षक भई कुनै कारणले अध्यापनपत्र लिन नसकेका शिक्षक ।
(२) ………
(३) …….