दफा ८४
बाटो इजाजतपत्र स्वत
रद्द हुनेः (१) दफा ८३ को उपदफा (४) बमोजिम निर्धारित अवधिसम्म पनि नवीकरण नगरिएमा त्यस्तो बाटो इजाजतपत्र स्वतः रद्द हुनेछ ।
(२) उपदफा (१) बमोजिम रद्द भएको बाटो इजाजतपत्रको लगत कट्टा गरिनेछ ।
(३) उपदफा (२) बमोजिम लगत कट्टा भईसकेको बाटो इजाजतपत्र नवीकरण गरिनेछैन ।