दफा २३
बाटो म्याद
संवैधानिक निकायका पदाधिकारीले घर बिदामा घर जाँदा र घर बिदा भुक्तान गरी घरबाट आफ्नोे कार्यालयमा हाजिर हुन आउँदा वर्षको एकपटक पैदलको बाटोलाई आठ कोसको निमित्त एक दिनको दरले तथा मोटर, रेल, हवाईजहाजको बाटोलाई जति दिन लाग्ने हो त्यति दिन बाटो म्याद पाउनेछ । तर घर बिदामा घर नगई अन्यत्र जान वा बस्नको निमित्त बाटो म्याद दिइने छैन । बाटो म्याद दिंदा सबैभन्दा छिटो साधनद्वारा सबै भन्दा छोटो बाटोको दिइनेछ र जाँदा आउँदा वास्तविक लागेको दिन भन्दा बढी दिइने छैन ।