दफा ४०
बार्षिक प्रतिवेदन तयार गर्नु पर्ने
(१) मन्त्रालयले प्रत्येक वर्ष देहायका विषयहरु समावेश गरी वार्षिक प्रतिवेदन तयार गर्नु पर्नेछ:-

(क) दफा ३९ बमोजिम गरिएको अनुगमन तथा निरीक्षणबाट प्राप्त विवरण,
(ख) जलवायु परिवर्तन सम्बन्धमा भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रियाकलाप सम्बन्धी विवरण,
(ग) अन्य आवश्यक विवरण।
(२) उपदफा (१) बमोजिमको वार्षिक प्रतिवेदन मन्त्रालयले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले दुई महिनाभित्र परिषद्‌ समक्ष पेश गर्नु पर्नेछ। ..