दफा
प्रिभाषा
विषय वा प्रसङ्गले अर्का अर्थ नलागेमा यस ऐनमा,-

(क) “अनुकूलन” भन्नाले जलवायु परिवर्तनको सम्भाव्य असर र जोखिमको आँकलन: गरी थप हानि नोक्सानी रोकथाम वा न्यूनीकरण गर्ने कार्य सम्झनु पर्छ।

(ख) “उत्सर्जन” भन्नाले कुनै निश्चित क्षेत्रबाट निश्चित समय अवधिमा वातावरणमा हरितगृह ग्याँस वा अन्य कुनै ग्याँस, धुवाँ वा धुलो निष्कासन हुने कार्य सम्झनु पर्छ।

(ग) “कोष” भन्नाले दफा ३१ बमोजिमको वातावरण संरक्षण कोष सम्झनु पर्छ।

(घ) “जलवायु परिवर्तन” भन्नाले लामो समयको अन्तरालमा प्राकृतिक रुपमा हुने जलवायुको उतारचढावका अलावा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानवीय क्रियाकलापले वायुमण्डलको बनोटमा हुने फेरबदलका कारण पृथ्वीको जलवायुमा क्रमशः देखा पर्ने परिवर्तन सम्झनु पर्छ।

(ङ) “जलवायु परिवर्तन व्यवस्थापन” भन्नाले जलवायु परिवर्तनको कारण उत्पन्न हुने समस्या न्यूनीकरण वा अनुकूलन गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले त्यस सम्बन्धी नीति, रणनीति, संस्थागत संयन्त्र निर्माण, वित्त व्यवस्था, क्षमता अभिवृद्धि लगायतका समष्टिगत कार्यलाई समेत जनाउँछ।

(च) “जोखिमपूर्ण पदार्थ” भन्नाले जोखिमपूर्ण फोहरको सीमापार ओसारपसार, नियन्त्रण र विसर्जन सम्बन्धी बासेल महासन्धिमा सूचिकृत पदार्थ तथा मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने विष्फोटक, ज्वलनशील, चीरस्थायी तथा संक्षारक (कोरोसिभ) गुण भएका र पुनः प्रयोग नगरिएका कच्चा पदार्थबाट प्रशोधन भई पहिलो पटक प्रयोगमा आउन लागेका पदार्थ सम्झनु पर्छ।

(छ) “जैविक विविधता” भन्नाले पारिस्थितिकीय प्रणाली (इको सिस्टम) को विविधता, प्रजातीय विविधता (स्पेसिज डाइवरसिटी) तथा वंशाणु विविधता
(जेनेटिक डाइवरसिटी) सम्झनु पर्छ।

(ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।

(झ) “न्यूनीकरण” भन्नाले मानवीय क्रियाकलापको कारणबाट हुने हरितगृह ग्याँसको उत्सर्जनलाई घटाउने वा रोक्ने कार्य सम्झनु पर्छ।

(ज) “प्रदूषण” भन्नाले फोहरमैला, रसायन, ताप, ध्वनी, विद्युतीय, विद्युत- चुम्बकीय तरङ्ग वा रेडियोधर्मी विकिरणका कारण वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले परिवर्तन गरी वातावरणमा उल्लेखनीय ह्वास ल्याउने, क्षति पुन्याउने वा वातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानि पुच्याउने कार्य सम्झनु पर्छ।

(ट) “प्रस्ताव” भन्नाले विमान वातावरणीय अवस्थामा परिवर्तन ल्याउन सक्ने किसिमको विकास कार्य, भौतिक क्रियाकलाप वा भू-उपयोगको परिवर्तन गर्ने कुनै योजना, आयोजना वा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा तयार गरिएको प्रस्ताव सम्झनु पर्छ।

(“) प्रस्तावक” भन्नाले प्रस्ताव स्वीकृतिको लागि निवेदन दिने वा प्रस्ताव कार्यान्वयन गर्न स्वीकृतिप्राप्त व्यक्ति वा सरकारी, अर्धसरकारी वा गैरसरकारी निकाय वा संस्था सम्झनु पर्छ।

(ड) “प्रारम्भिक वातावरणीय परीक्षण” भन्नाले कुनै प्रस्तावको कार्यान्वयन गर्दा सो प्रस्तावले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने वा नपार्ने सम्बन्धमा यकिन गर्नुको साथै त्यस्तो प्रभावलाई कुनै उपायद्वारा निराकरण वा न्यूनीकरण गर्नका लागि अवलम्बन गरिने उपायको सम्बन्धमा विश्लेषणात्मक रुपमा गरिने अध्ययन तथा मूल्याङ्कन सम्झनु पर्छ।

(ढ) “पूरक वातावरणीय प्रभाव मूल्याङ्कन” भन्नाले एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी प्रस्तावमा आंशिक रुपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरुप परिमार्जन गर्न, संरचना स्थानान्तरण वा फेरबदल गर्न, वन क्षेत्र थप गर्न वा आयोजनाको क्षमता वृद्धि गर्नको लागि पेश भएको प्रस्ताव उपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कन सम्झनु पर्छ।

(ण) “परिषद्‌” भन्नाले दफा ३२ बमोजिमको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्‌ सम्झनु पर्छ।

(त) “प्रदेश मन्त्रालय” भन्नाले वातावरण सम्बन्धी विषय हेर्ने प्रदेश सरकारको मन्त्रालय सम्झनु पर्छ।

(थ) “फोहरमैला” भन्नाले वातावरणमा हास आउने गरी निष्कासन गरिएको तरल, ठोस, ग्याँस, लेदो, धूवाँ, धुलो, विकिरणयुक्त पदार्थ वा त्यस्तै प्रकारका अन्य वस्तु सम्झनु पर्छ।

(द) “मन्त्रालय” भन्नाले नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय सम्झनु पर्छ।

(ध) «राष्ट्रिय सम्पदा” भन्नाले नेपालभित्रका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक, वैज्ञानिक, आध्यात्मिक, सौन्दर्यपरक वा सामाजिक दृष्टिबाट मानव जातिका लागि महत्वपूर्ण मानिने वातावरणसँग सम्बन्धित कुनै पनि वस्तु, भौतिक संरचना, स्थान, वनस्पति वा जीवजन्तु सम्झनु पर्छ।

(न) “वातावरण” भन्नाले प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणाली, आर्थिक तथा मानवीय क्रियाकलाप, यिनका अवयवहरु तथा ती अवयवहरुको बीचको अन्तरक्रिया तथा अन्तरसम्बन्ध सम्झनु पर्छ।

(प) “वातावरणीय अध्ययन प्रतिवेदन” भन्नाले संक्षिप्त वातावरणीय अध्ययन, प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धमा तयार गरिएको प्रतिवेदन सम्झनु पर्छ।

(फ) “वातावरणीय प्रभाव मूल्याङ्कन” भन्नाले कुनै प्रस्तावको कार्यान्वयन गर्दा सो प्रस्तावले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने वा नपार्ने सम्बन्धमा यकिन गर्नुको साथै त्यस्तो प्रभावलाई कुनै उपायद्वारा निराकरण वा न्यूनीकरण गर्नका लागि अवलम्बन गरिने उपायको सम्बन्धमा विस्तृत रुपमा गरिने अध्ययन तथा मूल्याङ्कन सम्झनु पर्छ।

(ब) “विभाग” भन्नाले मन्त्रालय अन्तर्गतको वातावरण विभाग सम्झनु पर्छ।

(भ) "सम्बन्धित निकाय" भन्नाले वातावरणीय अध्ययन प्रतिवेदन सम्बन्धमा कारबाही र निर्णय गर्ने दफा ३ को उपदफा (२) बमोजिमको निकाय सम्झनु पर्छ।

(म) “संक्षिप्त वातावरणीय अध्ययन” भन्नाले कुनै प्रस्तावको कार्यान्वयन गर्दा त्यसबाट वातावरणमा पर्ने प्रतिकूल प्रभाव निराकरण वा न्यूनीकरण गर्नको लागि अवलम्बन गरिने उपायको सम्बन्धमा संक्षिप्त रुपमा गरिने अध्ययन सम्झनु पर्छ।

(य) “स्थानीय तह” भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ।