नियम ५४
बाल कल्याण अधिकारीले समाजसेवीको राय लिनु पर्ने
(१) बालकल्याण अधिकारीले बालबालिकालाई वैकल्पिक हेरचाहमा राखे निर्णय गर्नुपूर्व ऐनको दफा ६२ को उपदफा (२) बमोजिम नियुक्त समाजसेवीको राय लिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम समाजसेवीले राय दिँदा वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिकाको उच्चतम हित हुने गरी राय दिनु पर्नेछ ।