नियम
बाल क्लब बा संस्था खोल्ने
(१) बाल अधिकारको संरक्षण र प्रवर्द्धनका लागि बालबालिकाले बाल क्लब वा संस्था खोल्न सक्नेछन्‌। (२) उपनियम (१) बमोजिम बाल क्लब वा संस्था खोल्दा उमेर, लिङ्ग, जातजाति, अपाङ्गता लगायत स्थानीय समाजको सामाजिक तथा सांस्कृतिक विविधता समावेश हुने गरी खोल्नु पर्नेछ।

(३) उपनियम (२) मा जुनसुकै कुरा: लेखिएको भए तापनि अपाङ्गता भएका बालबालिकाले, अपाङ्गता भएका बालबालिका मात्र र बालिकाले बालिका -मात्र सदस्य रहने गरी विशिष्टीकृत बाल क्लब वा संस्था खोल्न सक्नेछन्‌।

(४) यस नियमबमोजिम खोलिएको बाल क्लब वा संस्था सम्बन्धित स्थानीय तहमा दर्ता गर्नु पर्नेछ।

(५) उपनियम (४) बमोजिम बाल क्लब वा संस्था दर्ता गर्नको लागि देहायका कागजातहरु संलग्न गरी सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्नेछ:-

(क) प्रस्तावित बाल क्लब वा संस्थाको विधान,

(ख) प्रस्तावित बाल क्लब वा संस्था खोल्ने सम्बन्धमा भएको छलफल एवम्‌ निर्णयको प्रतिलिपि ।

(६) उपनियम (५) बमोजिम प्राप्त निवेदनउपर सम्बन्धित स्थानीय तहले आवश्यक जाँचबुझ गरी त्यस्तो बाल क्लब वा संस्था दर्ता गरी दर्ता प्रमाणपत्र दिनु पर्नेछ।