नियम
बाल क्लब बा संस्थाको नवीकरण
(१) नियम ३ बमोजिम दर्ता भएका बाल क्लब वा संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र सम्बन्धित स्थानीय तहमा देहायका विवरण खुलाई नवीकरणको लागि निवेदन दिनु पर्नेछ:- (क आर्थिक वर्षमा गरेको मुख्य काम वा क्रियाकलापको संक्षिप्त विवरण,

(ख) कार्य समिति सदस्य हेरफेर भएको भए सो सम्बन्धी विवरण ।

(२) स्थानीय तहले उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गरी बाल क्लब वा संस्थाको नवीकरण गरिदिनु पर्नेछ।