नियम
बाल क्लब वा संस्थाको दर्ता खारेज गर्ने
स्थानीय तहले देहायको अवस्थामा बाल क्लब वा संस्थाको दर्ता खारेज गर्नेछ:-

(क) दर्ता गरेको तीन आर्थिक वर्षसम्म नवीकरण नगराएमा,

(ख) बाल क्लब वा संस्थाका बहुमत सदस्यले दर्ता खारेज गर्न निवेदन दिएमा,

(ग) बाल क्लब वा संस्थाको नामको प्रयोग गरी प्रचलित कानून विपरीतका क्रियाकलापमा बाल क्लब वा संस्था संलग्न भएको पाइएमा ।