नियम ४८
बालबालिकाको मृत्यु भएमा तत्काल सूचना दिने
(१) बाल सुधार गृहभित्र बालबालिकाको मृत्यु भएमा बाल सुधार गृहले त्यस्तो बालबालिकाको बाबुआमा, संरक्षक वा परिवारका अन्य सदस्य वा बाल कल्याण अधिकारी, प्रहरी वा प्रोवेशन अधिकारीलाई छिटो र भरपर्दो साधन प्रयोग गरी तत्काल सूचना दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम बालबालिकाको बाबुआमा, संरक्षक वा परिवारका अन्य सदस्यसँग सम्पर्क हुन नसकेमा बाल सुधार गृहले सम्बन्धित स्थानीय तहलाई उपयुक्त माध्यमबाट सूचना दिनु पर्नेछ । (३) उपनियम (१) बमोजिमको बालबालिका विदेशी भएमा बाल सुधार गृहले सम्बन्धित देशको दूतावास .वा नियोग वा संयुक्त राष्ट्रसङ्घीय बालकोषको नजिकको कार्यालयलाई लिखित रुपमा सूचना दिनु पर्नेछ ।

(४) स्वास्थ्य संस्थाबाट प्राप्त हुन आएको बालबालिकाको मृत्युको प्रमाणपत्र बाल सुधार गृहले बालबालिकाका बाबुआमा वा संरक्षक र्‌ बाल कल्याण अधिकारीलाई दिई एकप्रति प्रतिलिपि अभिलेख राखी सम्बन्धित स्थानीय तहमा मृत्यु दर्ताको लागि लेखी पठाउनु पर्नेछ ।