दफा १६
बालबालिकालाई सजाय गर्दा विचार गर्नु पर्ने कुराहरु
:(१) बालबालिकालाई सजाय गर्दा देहायका कुराहरुलाई समेत विचार गर्नु पर्नेछ:--

क) निजको सर्वोत्तम हित,

ख) कसूरको गम्भीरता र दोषको मात्रा,

ग) निजको व्यक्तिगत परिस्थिति, स्पष्टीकरण: यस खण्डको प्रयोजनका लागि “व्यक्तिगत परिस्थिति” भन्नाले बालबालिकाको उमेर, शिक्षा, पारिवारिक स्थिति, सामाजिक अवस्था, कसूरको किसिम, कसूरबाट पुग्न गएको हानि नोक्सानी र कसूर गर्नुको उद्देश्य समेतका कुरा सम्झनु पर्छ।

घ) पीडितलाई दिन प्रस्ताव गरिएको क्षतिपूर्ति,

ङ) अपराधप्रतिको पश्चाताप,

च) असल र उपयोगी जीवन जिउने चाहना । २) सोह्र वर्ष उमेर पूरा नभएका बालबालिकालाई सजाय गर्दा जघन्य कसूर, गम्भीर कसूर वा पटके रुपमा कसूर गरेकोमा बाहेक कैदको सजाय गर्नु हुँदैन । १७. सजाय निर्धारण गर्दा खुलाउनु पर्ने कुराहरु यस ऐन बमोजिम सजाय निर्धारण गर्दा फैसला वा आदेशमा देहायका कुराहरु खुलाउनु पर्नेछः--

(क) सजाय गर्नु पर्ने कारण,

(ख) जरिबानाको सजाय निर्धारण गर्दा कसूरदारले बुझाउनु पर्ने जरिबानाको रकम, जरिबाना बुझाउनु पर्ने मिति, किस्ताबन्दीमा बुझाउन पाउने भए त्यस्तो कुरा र जरिबाना नतिरे बापत हुन सक्ने कैद सजाय,

(ग) कैद सजाय निर्धारण गर्दा कैदको अवधि, थुनामा रहेको मिति, कैद भुक्तान हुने मिति,

(घ) सामुदायिक सेवा गर्ने आदेश भएकोमा सेवाको किसिम, अवधि, समय र सेवा नगरे बापत हुन सक्ने सजाय,

(ङ) सुधार गृह वा पुनर्स्थापना केन्द्रमा कैद सजाय भुक्तान गर्ने गरी सजाय निर्धारण गर्दा त्यस्तो गृह वा केन्द्रमा बस्नु पर्ने अवधि, पालना गर्नु पर्ने शर्त र त्यस्तो शर्त उल्लङ्घन गरे बापत हुन सक्ने सजाय,

(च) कसूरदारलाई प्यारोलमा छोड्न सकिने वा नसकिने,

(छ) कैद निलम्बन हुने भए कति अवधिसम्म निलम्बन हुने,

(ज) क्षतिपूर्ति तिर्नु पर्ने भए क्षतिपूर्तिको रकम, तिर्नु पर्ने अवधि, तरिका र नतिरेमा हुन सक्ने सजाय,
(झ) दफा २४ को उपदफा (५) बमोजिम बालबालिकाको हकमा शर्त तोकी सजाय निलम्बन भएकोमा त्यस्तो शर्त उल्लङ्घन गरे बापत हुन सक्ने सजाय,

(ज) अदालतले उपयुक्त ठानेको अन्य आवश्यक कुरा ।