दफा १६
बालबालिकालाई सजाय गर्दा विचार गर्नु पर्ने कुराहरु
(१) बालबालिकालाई सजाय गर्दा देहायका कुराहरुलाई समेत विचार गर्नु पर्नेछः–
(क) निजको सर्वोत्तम हित,
(ख) कसूरको गम्भीरता र दोषको मात्रा,
(ग) निजको व्यक्तिगत परिस्थिति,
स्पष्टीकरणः यस खण्डको प्रयोजनका लागि “व्यक्तिगत परिस्थिति” भन्नाले बालबालिकाको उमेर, शिक्षा, पारिवारिक स्थिति, सामाजिक अवस्था, कसूरको किसिम, कसूरबाट पुग्न गएको हानि नोक्सानी र कसूर गर्नुको उद्देश्य समेतका कुरा सम्झनु पर्छ ।
(घ) पीडितलाई दिन प्रस्ताव गरिएको क्षतिपूर्ति,
(ङ) अपराधप्रतिको पश्चाताप,
(च) असल र उपयोगी जीवन जिउने चाहना ।
(२) सोह्र वर्ष उमेर पूरा नभएका बालबालिकालाई सजाय गर्दा जघन्य कसूर, गम्भीर कसूर वा पटके रुपमा कसूर गरेकोमा बाहेक कैदको सजाय गर्नु हुँदैन ।