नियम
बालबालिकालाई सोधपुछ गर्दा विचार गर्नु पर्ने
: कसूरजन्य कार्यको आरोपमा नियन्त्रणमा लिइएको बालबालिकालाई अनुसन्धान अधिकारीले सोधपुछ गर्दा देहाय बमोजिम गर्नु पर्नेछ :-

(क) ८ बालबालिका बयान दिन सक्ने अवस्थामा रहे बा नरहेको यकिन गर्ने,

(ख) निजको बाबुआमा, परिवारको अन्य सदस्य वा संरक्षक, बाल कल्याण अधिकारी वा कानून व्यवसायीलाई रोहवरमा राख्ने,

(ग) निजलाई सोधिएको कुराको उत्तर दिन सक्ने बालमैत्री बातावरण बनाइ सोधपुछ गर्ने,

।घ) सम्बन्धित कसूरजन्य कार्यको आरोपमा वालवालिकाको पारिवारिक तथा सामाजिक पृष्ठभुमि र अन्य आवश्यक कूराका सम्बन्धमा सोधपुछ गर्ने,

(।ङ) निजले बुझने भाषामा गर्ने,

(च) रातको समयमा सोधपुछ नगर्ने, ।छ) दिनमा सोधपुछ गर्दा एक पटकमा एक घण्टाभन्दा लामो समयसम्म सोधपुछ नगर्ने,

(।ज) कस्रमा सावित हुन प्रेरित नगर्ने,

(झ) सोधपुछको क्रममा बालमनोविज्ञ वा समाजसेवीको आवश्यकता परेमा सूचीकृत बाल मनोविज्ञ, सामाजसेवीहरुबाट आवश्यक सेवा उपलब्ध गराई पाउन बाल अदालत वा स्थानीय बाल अधिकार समितिलाई अनुरोध गर्ने,

(ज) सार्वजनिक रूपमा सोधपुछ नगर्ने र सोधपुछका लागि छुट्दै कोठा वा स्थानको व्यवस्था गर्ने ।