दफा ११
बिक्री वितरण तथा प्रदर्शनमा बन्देज
: (१) कसैले पनि अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निशुल्क उपलब्ध गराउन पाउने छैन ।
(२) उपदफा (१) बमोजिमको प्रयोजनको लागि सूर्तिजन्य पदार्थको बिक्रेताले कुनै क्रेताको उमेरको बारेमा यकिन हुन चाहेमा निजस“ग आवश्यक प्रमाण माग गर्न सक्नेछ र बिक्रेताले माग गरेको प्रमाण पेश गर्नु सम्बन्धित क्रेताको कर्तव्य हुनेछ ।
(३) कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउने छैन ।
(४) कसैले पनि फुटकर रुपमा चुरोट, बि“डी वा सिगारको खिल्ली बिक्री वितरण गर्न नपाउने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यवस्था गर्न सक्नेछ ।
(५) कसैले पनि निशुल्क रुपमा सूर्तिजन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाउने छैन ।
(६) नेपाल सरकारले चाहेमा सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न इजाजतपत्र लिनु पर्ने व्यवस्था गर्न सक्नेछ ।
(७) कसैले पनि सूर्तिजन्य पदार्थप्रति आकर्षण हुने गरी बिक्रीस्थल सजावट गर्न तथा त्यस्तो पदार्थको प्रदर्शन गर्न पाउने छैन ।