दफा ३६
बिक्री
: (१) ठेकेदारलाई दफा ५५ को अधीनमा रही आफ्नो भागको पेट्रोलियम बिक्री, खर्च र निर्यात गर्ने अधिकार हुनेछ ।
(२) ठेकेदारले विभागको पूर्व स्वीकृति विना आफ्नो भागको पेट्रोलियममध्ये कुनै भाग चार त्रैमासिक अवधिभन्दा बढी अवधिको लागि बिक्री गर्ने करार गर्न हुँदैन । विभागले त्यस्तो स्वीकृति दिएमा नेपाल सरकारले ठेकेदारलाई त्यस्तो करार भएको पेट्रोलियमबाट दफा ५५ बमोजिम आन्तरिक माग पूर्ति गर्न लगाउने छैन ।
(३) नेपाल सरकारले चाहेमा कम्तीमा नब्बे (९०) दिनको पूर्व सूचना दिई आफ्नो भागको पेट्रोलियममध्ये सबै वा केही पेट्रोलियम ठेकेदारलाई बिक्री गर्न लगाउन सक्नेछ । ठेकेदारले नेपाल सरकारको भागको पेट्रोलियम किन्ने सम्भावित खरिकदकर्ताको सम्बन्धमा उपलब्ध सबै जानकारी तथा बिक्रीको शर्त बन्देजहरू विभागमा पेश गर्नु पर्नेछ र मञ्जुरी
भएको उठाउने व्यवस्थामा बाधा नपर्ने गर्न नेपाल सरकारले यथा समयमा निर्देशन दिनेछ । ठेकेदारले नेपाल सरकारको भागको पेट्रोलियम बिक्री गर्नको लागि विभागको पूर्व स्वीकृति बिना कुनै करार गर्ने छैन ।