नियम १८
बिगो कायम गर्ने
(१) वन जङ्गल नोक्सान भई ठूटासम्म भएको तर काठ फेला नपरी बिगो कायम गर्नु पर्दा अनुसूची–७ बमोजिम ठूटाबाट आयतन निकाली अनुसूची–२ बमोजिमको मूल्यले गुणन गरी बिगो कायम गरिनेछ । (२) ठूटा फेला नपरी काठ मात्र फेला परेमा रुखको ३ गिडालाई एक रुख मानि सबैभन्दा मोटो काठको मोटो छेउलाई ठूटाको आधार मानी आयतन निकाली अनुसूची–२ बमोजिमको मूल्यले
गुणन गरी बिगो कायम गरिनेछ ।
(३) केही काठ फेला परेको र ठूटा मौजूद भएको अवस्थामा ठूटालाई नै आधार मानी आयतन निकाली अनुसूची–२ बमोजिमको मूल्यले गुणन गरी बिगो कायम गरिनेछ ।